नेपाल प्रहरी सहायक निरीक्षक पद
नेपाल प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षामा सोधिएका प्रश्नका उत्तरहरुः-
- विश्व महिला दिवस कहिले मनाइन्छ ?
मार्च ८
- वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ?
अंगुरबाबा जोशी
- संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ?
ILO
- विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?
प्रशान्त महासागर
- ओलम्पिक खेलको शुरुवात कुन देशबाट भएको हो ?
ग्रिस
- Islamic state कुन देशसँग सम्बन्धित छ ?
सिरिया
- "ग्रामी अवार्ड" कुन क्षेत्रसँ सम्बन्धित छ ?
संगीत
- विज्ञानका पिता (Father of science) भनी कुन वैज्ञानिकलाई भनिन्छ ?
अल्वर्ट आइन्सटाइन
- 'Black Box' भन्नाले के बुझिन्छ ?
हवाइजहाजको दुर्घटनाको कारण पत्ता लगाउँन प्रयोग गरिने यन्त्र
- रातो मच्छिन्द्रनाथको भोटो देखाउँने जात्रा कसले चलाएका हुन् ?
नरेन्द्रदेव
- नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ?
८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर
- "नेपालको संविधान विधेयक, २०७२" मा कतिजना सभासदहरुले हस्ताक्षर गरेका थिए ?
५३७
- नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ?
२०६५ जेष्ठ १५
- वि.सं. २०७१ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
विजयकुमार पाण्डे
- वि.सं. २०६८ को जनगणना अनुसार हाल नेपालमा सबैभन्दा दोस्रो कम जनसंख्या भएको जाति कुन हो ?
नुराङ
[जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलोः
कुसुण्डा, नुराङ, राउटे, कलार, ल्होमी]
- विनाशकारी महाभूकम्प २०७२ बाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला कुन हो ?
सिन्धुपाल्चोक
- नेपाली क्रिकेट टिममा विदेशी प्रशिक्षक कुन देशका हुन् ?
श्रीलंका
- नेपालको सबैभन्दा पूरानो शिलालेख कहाँ छ ?
बज्रयोगिनी मन्दिर
- काठमाण्डौंदेखि रसुवाको धुन्चेसम्मको लोक मार्गलाई के भनिन्छ ?
पासाङल्हामु मार्ग
- सन् २०१५ को अर्थशास्त्रतर्फ को नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
आङ्गस डेटन
- प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणीभित्र पर्दछ ?
विशिष्ट
- प्रहरी नियमावली, २०७१ बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत पद आरक्षणको लागि छुट्याउँने व्यवस्था रहेको छ ?
- प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ ? प्रहरी अतिरिक्त
महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक
- डण्डा क्रस खुकुरीमाथि एक तारा भएको दर्ज्यानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ ?
प्रहरी नायब उपरीक्षक
- प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन् ?
तीन (प्रशिक्षार्थीह रुका सम्झनाका आधारमा)
No comments:
Post a Comment